एमालेले टिकट दिएन तर दिपक मनाङेले उम्मेदवारी दिए


 


काठमाडौं, कात्तिक ५
एमालेबाट टिकट पाउने चर्चा चलेपनि गुण्डा नाइके राजीप गुरुङ (दीपक मनाङे) ले एमालेबाट टिकट पाएनन् । तर एमालेले टिकट नदिए पनि मनाङेले उम्मेदवारी मनोनयन दर्ता भने गरेका छन् ।

मनाङेले प्रदेशसभाका लागि मनाङ (ख) बाट स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् । उनि यसअघि एमाले मनाङ (क) बाट प्रदेशसभ सदस्यका लागि सर्वसम्मत सिफारिस भए पनि केन्द्रले अन्तिममा नाम काटेको थियो ।

उम्मेदवारी दर्ता गरेपछि मनाङे भन्छन्, मलाई यहाँका जनताको साथ छ, मन पराएका छन्, त्यसैले उम्मेदवारी दिए । अब चुनाव जितेर देखाउँछु मनाङेले भने ।

उनको ठाउँमा खन्डा लामालाई पार्टीले टिकट दिएको छ । उनीसँगै प्रतिनिधिसभाको लागि पाल्देन छोपान गुरुङ र प्रदेशसभाको लागि दोर्जे डन्डुल शेर्पाले पनि सँगै उमेदवारी दर्ता गराएका छन् ।

केही समयअघि मनाङे एमाले प्रवेश गरेका थिए । राप्रपाले राजसंस्थाको मुद्धा छाडेकोले राप्रपामा बस्नुको कुनै औचित्य नरहेको मनाङेको भनाइ थियो ।

प्रकाशित मिति: ५ कार्तिक २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्