सुनचाँदीको मूल्य घट्यो, कति छ आज ?


 


काठमाडौं, कात्तिक ५
तिहार सकिए लगत्तै साताको पहिलो दिन आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला तीन सय रुपैयाँले घटेर ५६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तिहारको बिदा हुन अघि महिनाको पहिलो दिन कात्तिक १ गते सुनको भाउ ५६ हजार ३ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला ५ रुपैयाँ घटेर ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि चाँदी प्रतितोला ७ सय ७० रुपैयाँ थियो ।

प्रकाशित मिति: ५ कार्तिक २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्