वाम गठबन्धन VS कांग्रेस गठबन्धन : कुन क्षेत्रमा कोसँग प्रतिस्पर्धा ? (हेर्नुहोस् सूची)


 


काठमाडौं, कात्तिक ५
आसन्न मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा मनोनयन हुन लागेको हो ।

पहिलो चरणको निर्वाचन सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओलखढुङ्गा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लमजुङ, गोरखा, पूर्वी रुकुम, रोल्पा, पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा हुनेछ ।

आगामी निर्वाचन मुख्यतः एमाले र माओवादीको वाम गठबन्धन र कांग्रेस सहितको साना दलको कांग्रेस गठबन्धनबीच हुने देखिएको छ ।

प्रदेश नं १

प्रतिनिधि सभाको निर्वाचनका लागि भोजपुरमा वाम गठबन्धनका उम्मेदवार सुदन किराँती र कांग्रेस गठबन्धनका उमेशजंग रायमाझीबीच प्रतिस्पर्धा हुने भएको छ । माओवादी नेता रहेका किरातीलाई एमालेले सघाउने छ भने कांग्रेस नेता रहेका रायमाझीलाई संघीय समाजवादी फोरमले सघाउने छ ।

त्यस्तै खोटाङमा वाम गठबन्धनका उम्मेदवार विशाल भट्टाराई र कांग्रेस उम्मेदवार सरस्वती बजिमयबीच प्रतिस्पर्धा हुँदैछ । यहाँ एमाले नेता भट्टाराईलाई माओवादीले सघाउँदैछ ।

त्यस्तै ओखलढुंगामा वाम गठबन्धनका उम्मेदवार यज्ञराज सुनुवार र कांग्रेसका रामहरी खतिवडाबीच प्रतिस्पर्धा हुने भएको छ । संविधान सभाको निर्वाचनमा सुनुवार र खतिवडा दुबै ओखलढुंगाबाट निर्वाचित भएका थिए ।

सोलुखुम्बुमा वाम गठबन्धनबाट हेमकुमार राई र कांग्रेसबाट वलबहादुर केसीबीच प्रतिस्पर्धा हुँदैछ ।

ताप्लेजुंगमा वाम गठबन्धनका उम्मेदवार एमाले पार्टी सचिव योगेश भट्टराई र कांग्रेसका केशव दाहालबीच प्रतिस्पर्धा हुँदैछ ।

संखुवासभामा वाम गठबन्धनबाट एमाले नेता राजेन्द्र गौतम र कांग्रेसबाट दीपक खड्काबीच प्रतिस्पर्धा हुने भएको छ ।

पाचँथरमा वाम गठबन्धनका बसन्तकुमार नेम्वाङ र कांग्रेसका भीष्मराज आङदेम्बेबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रदेश नं ३

प्रदेश नं ३ का ६ वटा जिल्लामा पहिलो चरणमा निर्वाचन हुँदैछ । यहाँ पनि वाम गठबन्धन र कांग्रेस गठबन्धनबीच नै प्रतिस्पर्धा हुने देखिन्छ ।

रामेछापमा वाम गठबन्धबाट माओवादीका श्यामकुमार श्रेष्ठ उम्मेदवार बनेका छन् भने उनलाई एमालले सघाउँदैछ । त्यस्तै कांग्रेबाट कान्छाराम तामाङ उम्मेदवार बनेका छन् । यहाँ श्रेष्ठ र तामाङबीच प्रतिस्पर्धा हुदैछ ।

दोलखामा वाम गठबन्धनबाट एमाले केन्द्रिय सदस्य पार्वत गुरुङ रकांग्रेसबाट रुद्र खड्का चुनावी मैदानमा छन् ।

रसुवामा बाम गठबन्धबाट एमाले नेता जनार्दन ढकाल चुनावी मैदानमा उत्रिएका छन् भने कांग्रेस गठबन्धनबाट उम्मेदवारको टुंगोे लाग्न सकेको छैन् ।

सिन्धुपाल्चोक १ मा वाम गठबन्धनको उम्मेदवार टुंगो लागेको छैन भने कांग्रेस गठबन्धनबाट मोहनबहादुर बस्नेत प्रतिस्पर्धामा देखिएका छन् ।

त्यस्तै सिन्धुपाल्चोक २ मा वाम गठबन्धनबाट माओवादी नेता अग्नि सापकोटा र कांग्रेस गठबन्धनबाट राप्रपा प्रजातान्त्रिकका नेता पशपतिसमशेर राणाबीच प्रतिस्पर्धा हुँदैछ ।

नुवाकोट १ मा वामगठबन्धनबाट माओवादी नेता हितबहादुर तामाङ र कांग्रेस गठबन्धनबाट डा. रामशरण महतबीच प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै नुवाकोट २ मा वाम गठबन्धनबाट एमालेका नारायण प्रसाद खतिवडा र कांग्रेसका अर्जुननरसिंह केसीबीच भिडन्त हुँदैछ ।

धादिङमा वाम गठबन्धनबाट एमालेका भूमि त्रिपाठी र कांग्रेस गठबन्धनका विश्व अर्यालबीच प्रतिस्पर्धा हुँदैछ । धादिङ २ मा वाम गठबन्धनबाट एमालेका खेम लोहनी र कांग्रेसका दिलमान पाख्रिनबीच भिडन्त हुने देखिन्छ ।

प्रदेश नं ४

प्रदेश नं ४ को ६ वटा जिल्लामा पहिलो चरणमा निर्वाचनु हुँदैछ । मनाङ, मुस्ताङ, गोरखा, लमजुङ, म्याग्दी र बाग्लुङमा निर्वाचन हुन लागेको हो । यहाँ पनि वाम गठबन्धन र कांग्रेबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

लमजुङमा वाम गठबन्धनबाट माओवादी नेता देव गुरुङ निर्वाचनमा होमिएका छन् भने कांग्रेसका दिलबहादुर घर्ती चुनावी मैदानमा छन् ।

मनाङमा एमालेका पाल्देन छोपाङ गुरुङ वाम गठबन्धनबाट उम्मेदवार बनेका छन् भने कांग्रेसबाट टेकबहादुर गुरुङ उठेका छन् ।

मुस्ताङमा वाम गठबन्धनबाट प्रेमबहादुर तुलाचन एमालेको तर्फबाट टिकट लिएका छन् भने कांग्रेसबाट मुस्ताङको फाइनल भएको छैन् ।

गोरखा १ र २ निर्वाचन क्षेत्रमा वाम गठबन्धनबाट माओवादीले टिकट पाएको छ भने १ मा हरि अधिकारी र कांग्रेसका चीनकाजी श्रेष्ठबीच प्रतिस्र्धा हुँदैछ ।

त्यस्तै २ मा वामगठबन्धनबाट नारायणकाजी श्रेष्ठ र कांग्रेस गठबन्धनबाट नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।

म्याग्दीमा भुपेन्द्रबहादुर थापा वाम गठबन्धनबाट चुनावी मैदानमा छन् भने कांग्रेसका खम्बीर गर्बुजा प्रतिस्पर्धामा होमिएका छन् ।

बाग्लुङ १ मा वाम गठबन्धनबाट राष्ट्रिय जनमोर्चाले टिकट पाउने भएको छ भने कांग्रेसबाट चम्पादेबी खड्काले टिकट पाएकी छन् । त्यस्तै वाग्लुङ २ मा माओवादीका देबेन्द्र पौडेलले टिकट पाएका छन् भने कांग्रेसबाट निरज पुन चुनावी मैदानमा देखिएका छन् ।

प्रदेश नं ५

प्रदेश नं ५ मा दुईवटा जिल्लामा मात्र चुनाव हुँदैछ । राल्पा र रुकुमको पूर्वि भागमा निर्वाचन हुन लागेको हो । रोल्पामा माओवादी नेता बर्षामान पुन र कांग्रेसका अमरसिंह पुनबीच प्रतिस्पर्धा हुने भएको छ ।

रुकुमको पूर्वि भागमा माओवादीबाट कमला रोका र कांग्रेसबाट गोपालजीजंग शाहबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रदेश नं ६

प्रदेश न.६ मा सातवटा जिल्लामा निर्वाचन हुँदैछ । रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पामा पहिलो चरणमा निर्वाचन हुन लागेको हो ।

रुकुम पश्चिम भागमा माओवादी नेता जनार्द शर्मा चुनावी मैदानमा छन् भने कांग्रेसका वीरबहादुर ओली चुनावी मैदानमा देखिएका छन् ।

जाजरकोटमा वाम गठबन्धनका शक्तिबहादुर बस्नेत र कांग्रेसका राजिवविक्रम शाहबीच प्रतिस्पर्धा हुँदैछ ।

हुम्लामा वाम गठबन्धनका चीमी लामा र कांग्रेसका मंगल शाहीबीच प्रतिस्पर्धा हुने भएको छ ।

जुम्लामा माओवादीका गजेन्द्र महत र कांग्रसका देवेन्द्र शाहीबीच प्रतिस्पर्धा हुने भएको छ ।

मुगुमा एमालेका गोपाल बम र कांग्रेसका हस्तबहादुर मल्लबीच प्रतिस्पर्धा हुँदैछ ।

कालिकोटमा माओवादीका महेन्द्रबहादुर शाही र कांग्रेसका भुपेन्द्रबहादुर शाहीबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।

डोल्पामा एमालेका धनबहादुर बुढा र कांग्रेसा अंगद बुढाबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रदेश नं ७

प्रदेश नं ७ का दार्चुला, बझाङ, बाजुरा र वैतडीमा पहिलो चरणमा निर्वाचन हुँदैछ । दार्चुलामा वाम गठबन्धनबाट एमालेका गणेश ठगुन्ना र कांग्रेसका विक्रम सिंहबीच प्रतिस्पर्धा हुँदैछ ।

बभाङमा एमालेका भैरबबहादुर सिंह र कांग्रेसका पृथ्वीबहादुर सिंह चुनावी मैदानमा उत्रिएका छन् । त्यस्तै बाजुरामा एमालेका लालबहादुर थापा र कांग्रेसका कविराज पण्डित प्रतिस्पर्धा गर्देछन् ।

र, वैतडीमा बामगठबन्धनबाट एमाले नेता दामोदार भण्डारी छन् भने कांग्रेसका नरबहादुर चन्दले भण्डारीको सामना गर्देछन् ।

प्रकाशित मिति: ५ कार्तिक २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्