काठमाडौंमा बिहानै गोली चल्यो, एकजना घाइते


 


काठमाडौं, कात्तिक ५
काठमाडौंमा आइतबार बिहानै गोली चलेको छ । काठमाडौको म्हेपीमा बिहान उज्यालो नहुँदै गोली चलेको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रविन्द्र धनुकले जानकारी दिए ।

घटनालगत्तै खटेको प्रहरी टोलीले गोली हान्न संलग्न प्रमुख अभियुक्तसहित पाँच जनालाई पक्राउ गरिसकेको छ । घटनाबारे अनुसन्धान भइरहेको र घटनामा संलग्नलाई छिट्टै सार्वजनिक गरिने एसएसपी धनुकले जानकारी दिए ।

अपरिचित व्यक्तिले हानेको गोली लागेर स्कुटरमा सवार काठमाडौं रानीवनका कल्याण गुरुङ घाइते भएका छन् । घाइते गुरुङको खुट्टामा गोली लागेको छ । उनको वीर अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: ५ कार्तिक २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्