यी ३२ जिल्लाका ३८ स्थानबाट प्रदेश र प्रतिनिधिसभाको मनोनयन आज हुँदै (निर्वाचन कार्यतालिकासहित)


 


काठमाडौं,  कात्तिक ५

आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आज ३२ जिल्लाका ३७ स्थानबाट उम्मेदवारले मनोनयन पत्र दर्ता गर्ने गर्दैछन् ।

निर्वाचन आयोगमा दर्ता ९१ दलले ३२ जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा हुने निर्वाचनका लागि उमेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।

 

पहिलो चरणको निर्वाचन सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओलखढुङगा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा, पूर्वी रुकुम, रोल्पा, पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र वैतडी जिल्लामा हुने छ ।

उक्त मनोनयन दर्ता कार्यक्रम बिहान १० देखि अपराह्न ५ बजेम्म चल्ने निर्वाचन आयोगले जनाएको छ । उम्मेदवार हुन चाहनेले जिल्ला सदरमुकाममा खोलिएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा गई मनोनयनपत्र दर्ता गराउनु पर्नेछ ।

प्रतिनिधि सभातर्फ पहिलो हुने निर्वाचन हुने प्रणालीतर्फ मनोनयन दर्ता गर्दा वा गराउँदा एक जनाले प्रस्ताव र अर्को एक जनाले समर्थन गरी सहीछाप गरेको हुनुपर्ने तथा त्यस्तो प्रस्तावक र समर्थक सोही निर्वाचन क्षेत्रअन्तर्गतको गाउँपालिका वा नगरपालिकाको वडा सदस्यको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा समेत मनोनयन पत्रमा संलग्न गराउन पर्ने कानुनी व्यवस्था रहेको छ ।

समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति महिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा उम्मेदवार हुन र त्यस्तो व्यक्तिलाई मनोनयन पाइने छैन ।

त्यस्तै, प्रदेश सभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवाले भने मनोनयनपत्रका साथ नेपाली नागकिरताको प्रमाणपत्रको प्रतिलिपि, धरौटी जम्मा गरेको रसिद र प्रदेशभित्रको गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा तथा दलको उम्मेदवारको हकमा दलको औपचारिकपत्रसमेत समावेश गर्नुपर्ने व्यवस्था छ ।

पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ मतदाताले मताधिकारको प्रयोग गर्नेछन् । पहिलो चरणका लागि आवश्यक पर्ने मतदाता नामावली छपाइ गरी सम्बन्धित जिल्लामा पठाइसकिएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणको निर्वाचनको लागि चार हजार ४६५ मतदान स्थल र दुई हजार ९४६ मतदान केन्द्र कायम गरिएको छ ।

प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन कार्यतालिका यस्तो छ :

उमेदवारको मनोनयनपत्र दर्ता  २०७४/०७/०५ (१०:००-१७:००)

उमेदवारकाे सूची प्रकाशन  २०७४/०७/०५ (१०:००-१७:००)

उमेदवारकाे विराेधमा उजुरी  २०७४/०७/०६ (१०:००-१७:००)

मनाेनयनपत्र जाँच                 २०७४/०७/०७ (१०:००-१५:००)

उमेदवारकाे नामावली प्रकाशन     २०७४/०७/०७ (१५:००-१७:००)

उमेदावरले नाम फिर्ता लिने            २०७४/०७/०८ (१०:००-१३:००)

उमेदवारको अन्तिम नामावली प्रकाशन  २०७४/०७/०८ (१३:००-१५:००)

उमेदवारलाई निर्वाचन चिन्ह प्रदान           २०७४/०७/०८ (१५:००-१८:००)

मतदान गर्ने                                              २०७४/०८/१० (०७:००-१७:००)

प्रकाशित मिति: ५ कार्तिक २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्