प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले यसरी भाइटीका मनाइन


 


काठमाडौँ, कात्तिक ४

राष्ट्रपति विद्यादेवी भण्डारीले आज विहान ११ बजेर ५१ मिनेटको शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाइदिनुभयो ।

राष्ट्रपति निवास शीतलनिवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले टिका लगाएर भाइलाई आशिर्वाद दिँदै कटुुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गर्नुभयो ।

भाई डेगेन्द्र पाण्डेले दक्षिणा प्रदान गरेर उहाँसंग आशीर्वाद लिनुभयो ।

प्रकाशित मिति: ४ कार्तिक २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्