भोजपुर कांग्रेसमा विद्रोह, हेमन्त मुकारुङ एमालेमा प्रवेश गर्दे


 


काठमाडौं, कात्तिक ४
आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको उम्मेदवारको विषयलाई लिएर भोजपुर कांग्रेसभित्र भाँडभैलो मच्चिएको छ ।

शुक्रबार संसदीय बोर्डले टिकट बाँडफाँड गरेसँगै उम्मेदवारका आकांक्षीहरुले तिब्र असन्तुष्टी व्यक्त गरेका छन् । भोजपुर कांग्रेसका महासमिति सदस्य एंव जिल्ल पार्टी पूर्व सचिव हेमन्त मुकारङले पार्टी परित्याग गर्ने बताएका छन् ।

भोजपुर कांग्रेसका चर्चित युवा नेता मुकारुङले पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्ने देशकोन्युजलाई बताए । यसबीचमा एमालेका नेतासँग राईको कुराकानी भएको बुझिएको छ ।

मुकारुङ प्रदेश सभा भोजपुर (क) बाट उम्मेदवारमा सिफारिस भएका थिए भने उनैले टिकट पाउने अन्तिमसम्म चर्चा थियो । मुकारुङ देउवा पक्षका नेता हुन् भने अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका विश्वास पात्र मानिन्थे ।

तर रातारात मुकारुङको नाम हटाएर संघीय समाजवादी फोरमका नेता अजम्बर राई काङमाङलाई टिकट दिएपछि भोजपुर कांग्रेसका नेता कार्यकर्ता आक्रोशित बनेका हुन् ।

कांग्रेसको संसदीय वोर्ड स्रोतका अनुसार बिहिबार रातिसम्म प्रतिनिधि सभाका लागि बालकृष्ण थापा, प्रदेश सभा (क) मा हेमन्त मुकारुङ र (ख) मा गोविन्द कार्कीको नाम फाइनल भएको थियो । तर शुक्रबार भने गोविन्द कार्की बाहेक अरु सबै नाम परिवर्तन भएको हो ।

कांग्रेसले प्रदेश सभा भोजपुर (क) मा संघीय समाजवादी फोरम नेपालसँग गठबन्धन गरेपछि तिब्र आक्रोश पैदा भएको छ । यो क्षेत्र कांग्रेसको बलियो पकट भएको क्षेत्र हो । प्रदेश (क) मा तीनवटा सिंगल क्षेत्र रहेको स्थानीय तह कांग्रेसले पुरै जितेको थियो ।

प्रकाशित मिति: ४ कार्तिक २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्