विजय गच्छदारले राखे अनौठो माग, के कांग्रेसले पुरा गर्ला ?


 


विराटनगर, कात्तिक ३
आम कांग्रेस कार्यकर्तालाई नै चकित पार्ने माग भर्खरै मात्र कांग्रेस पार्टी प्रवेश गरेका विजय कुमार गच्छदारले माग गरेका छन् ।

विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै गच्छदारले भने मलाई अब कांग्रेसमा उपसभापति चाहिन्छ । उनले भने पार्टी एकीकरणका क्रममा काँंग्रेससँग आफूलाई उपसभापति पद दिने समझदारी भएको थियो, अब मलाई उपसभापति चाहिन्छ ।

फरक प्रसंगमा गच्छदारले भने लोकतान्त्रिक फोरम र काँंग्रेसबीचको एकीकरणपछि सात वटै प्रदेशमा काँग्रेसको लहर उत्पन्न भएकोे छ ।

फोरम लोकतान्त्रिकका कार्यकर्तालाई पनि केन्द्रदेखि वडासम्म सम्मनजनक ढंगले पद दिने सहमति भएकोले निराश नहुन कार्यकर्ताहरुलाई आग्रह गरे ।

उपप्रधानमन्त्री समेत रहेका गच्छदारले नेपाल लोकतान्त्रिक फोरम र नेपाली काँग्रेस मधेशी, थारु र जनजातिको विषय सम्बोधन गर्ने समान विचारधारा बोकेका पार्टी भएकाले एकीकरण भएको बताए ।

उनले मधेशको माग सर्वप्रथम आफूले उठाएको तथा आन्दोलनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गर्न संसद् अवरुद्धसमेत गरिएको स्मरण गर्दै आफू सदैव मधेशको समस्या समाधान गर्न क्रियाशील रहेको बताए ।

प्रकाशित मिति: ३ कार्तिक २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्