प्रदेश नं. ७ मा एमालेले उम्मेदवार टुंगो लगायो, कुन जिल्लामा को ?


 


काठमाडौं, कात्तिक ३
मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि एमालेले प्रदेश नं ७ मा उम्मेदवार टुंंगो लगाएको छ ।

प्रतिनिधि सभाका लागि एमालेले वैतडीमा दामोदर भण्डारी, दार्चुलामा गणेश ठगुन्ना, बाजुरामा लालबहादुर थापा र बझाङमा भैरवबहादुर सिंहलाई टिकट दिएको छ ।

त्यस्तै प्रदेश सभातर्फ बाजुरा क मा बलदेव रेग्मी, ख मा प्रकाश शाह, बझाङको क मा अर्जुन थापा र बैतडी ख मा लिलाधर भट्टलाई उम्मेदवार बनाएको हो ।

प्रदेश नं ७ का ९ वटा जिल्लामध्ये मंसिर १० गते चारवटा जिल्लामा निर्वाचन हुँदैछ । माओवादीसँग सिट बाँडफाँडसँगै एमालेले उम्मेदवारको टुंगो लगाएको हो ।

मंसिर १० गते दार्चुला, बझाङ, बाजुरा र वैतडीमा र २१ गते कैलाली, कन्चनपुर, डडेल्धुरा, अछाम र डोटीमा निर्वाचन हुँदैछ ।

प्रकाशित मिति: ३ कार्तिक २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्