भोजपुरमा कांग्रेस गठबन्धनले उम्मेदवार टुंगो लगायो, कसलाई कुन क्षेत्र ?


 


काठमाडौं, कात्तिक ३
आसन्न मंसिर १० गतेको निर्वाचनका लागि कांग्रेस गठबन्धनले भोजपुरका लागि प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार टुंगो लगाएको छ ।

प्रतिनिधि सभाका लागि कांग्रेसले नेविसंघका पूर्व महामन्त्री उमेशजंग रायमाझीलाई टिकट दिएको छ । भोजपुरमा कांग्रेस र संघीय समाजवादी फोरमबीच चुनावी गठबन्धन समेत भएको छ ।

प्रदेश सभा अन्र्तगत भोजपुर क मा संघीय समाजवादी फोरमका सचिव अजम्बर राई काङमाङलाई कांग्रेसले सघाउने भएको छ । त्यस्तै भोजपुर ख मा कांग्रेसका गोविन्द कार्कीले टिकट पाएका छन् ।

टिकट पाएको बारे फोरमका नेता अजम्बर राई काङमाङले आफूलाई जानकारी नभएको बताए । अहिले म भोजपुर जाँदैछु, यो प्रस्ताव भएको थियो, मलाई सूचना आइसकेको छैन्, काङमाङले देशकोन्युजसँग भने ।

प्रतिनिधि सभाका लागि कांग्रेस भोजपुरले धर्मराज राई, बालकृष्ण थापा र उमेशजंग रायमाझीको नाम केन्द्रमा सिफारिस गरेको थियो ।

त्यस्तै प्रदेश सभा भोजपुर क मा नन्दमणी राई, उत्तम चापागाइ, हेमन्त मुकारुङ, विनोद वान्तवा लगायतको नाम सिफारिस भएको थियो ।

प्रकाशित मिति: ३ कार्तिक २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्