भोजपुरबाट कुन विषयमा कति विद्यार्थीले पूरक परीक्षा दिदैछन् ? (सबै विवरण सहित)
भोजपुर, साउन १९
बुधबारबाट शुरु हुने पूरक परीक्षामा भोजपुरबाट एक हजार एक सय ४१ जनाले परीक्षा दिदैछन् । परीक्षाको तयारी पुरा भएको छ ।
परीक्षाका लागि दुई केन्द्र तोकिएको जिल्ला शिक्षा कार्यालय भोजपुरले जनाएको छ । विद्योदय उच्च मावि र यशोधरा उच्च मावि टक्सारलाई परीक्षा केन्द्र तोकिएको छ ।
पूरक परीक्षामा भोजपुरका ७० वटा विद्यालय भाग लिदैछन् । पूरक परीक्षाका लागि सबैभन्दा बढी गणित विषयमा विद्यार्थीहरु परीक्षा दिदैछन् ।
हेर्नुहोस् कुन विषयमा कति विद्यार्थी परीक्षा दिदैछन् ?
गणित ८४०
विज्ञान ६४०
अंग्रेजी ४५०
सामाजिक ५१
ऐच्छिक गणित ३३
नेपाली २
शिक्षा २
अर्थशास्त्र १
लेखा १
भूगोल १
यो पनि पढ्नुहोस्
भोजपुरमा पूरक परीक्षाको तयारी पुरा, ११ सयले परीक्षा दिँदै
यी हुन् भोजपुरमा नील खाने विद्यालय
भोजपुरमा चार सय ९५ विद्यार्थी उत्तिर्ण
भोजपुरको कुन विद्यालय फस्ट भयो ? कुन विद्यालयको कति प्रतिशत अायो ? (सबै विवरण सहित)
प्रकाशित मिति: १९ श्रावण २०७२, मंगलबार