यसरी मिल्यो ३२ जिल्लामा एमाले र माओवादीको सिट भागबण्डा (सूचिसहित)


 


काठमाडौं, कात्तिक ३
निकै लामो कसरतपछि एमाले र माओवादीले पहिलो चरण अन्र्तगत मंसिर १० गते निर्वाचन हुने जिल्लामा सिट भागबण्डा टुंग्याएका छन् ।

मंसिर १० गते ३२ जिल्लामा निर्वाचन हुँदैछ । सिट बाँडफाँडसँगै दलहरुले उम्मेदवार पनि टुंगो लगाउने अन्तिम कसरतमा छन् ।

अहिले टुंग्याइएको भागबण्डामा प्रतिनिधिसभा तर्फ एमालेले २१ सिट लिएको छ भने माओवादीले १६ वटा सिट लिएको छ । प्रदेश सभा तर्फ एमालेले ४१ माओवादीले ३३ सिट पाएको छ ।

कुन जिल्लाको निर्वाचन क्षेत्र कसले पाए ?

एमाले प्रतिनिधिसभा

ताप्लेजुङ, पाँचथर, संखुवासभा, खोटाङ, ओखलढुंगा, दोलखा, रसुवा, सिन्धुपाल्चोक २, नुवाकोट २ धादिङ १ र २, मनाङ, मुस्ताङ, म्याग्दी, बाग्लुङ १, डोल्पा, मुगु, बझाङ, बाजुरा, वैतडी, दार्चुला ।

एमाले प्रदेश सभा

भोजपुर क र ख, सोलुखुम्बु क र ख, ताप्लेजुङ (क) पाँचथर (क), संखुवासभा ख , खोटाङ क , ओखलढुंगा क , दोलखा ख, रामेछाप क र ख, रसुवा क, सिन्धुपाल्चोक १ ख, सिन्धुपाल्चोक २ ख, नुवाकोट १ ख नुवाकोट २ क, २ धादिङ १ क र २ क, मनाङ क र ख, मुस्ताङ क र ख, म्याग्दी ख, गोरखा १ ख, बाग्लुङ १ क, बाग्लुङ २ ख, डोल्पा क, जुम्ला ख, कालिकोट क, जाजरकोट क र ख, मुगु क र ख, बझाङ क , बाजुरा क र ख, वैतडी ख, दार्चुला क ।

माओवादी प्रतिनिधिसभा

भोजपुर, सोलुखुम्बु, रामेछाप, सिन्धुपाल्चोक १, नुवाकोट १, लमजुङ,गोरखा १ र २, बाग्लुङ २, रोल्पा, रुकुम पुर्व, रुकुम पश्चिम जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट ।

माओावदी प्रदेश सभा 

ताप्लेजुङ ख, पाँचथर ख, संखुवासभा क, ओखलढुंगा ख, खोटाङ ख, दोलखा क, रसुवा ख, सिन्धुपाल्चोक १ क २ क, नुवाकोट १ क , धादिङ १ ख, २ ख, गोरखा १ क, गोरखा २ क र ख, बाग्लुङ १ ख, २ क, म्याग्दी क, रोल्पा क र ख, रुकुम पूर्व क र ख, रकुम पश्चिम क र ख, जुम्ला क, कालिकोट ख, हुम्ला क र ख, डोल्पा ख, बझाङ ख, वैतडी क, दार्चुला ख ।

प्रकाशित मिति: ३ कार्तिक २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्