नेपाली कांग्रेस औपचारिक रुपमा फुट्यो, नाम नेपाली काँग्रेस (बिपी) को–को छन् समितिमा ?


 


काठमाडौँ, २ कात्तिक
नेपाली काँग्रेसका नेता हरिबोल भट्टराईको नेतृत्वमा नेपाली काँग्रेस (बिपी) नामक नयाँ पार्टीको घोषणा गरिएको छ ।

नवगठित पार्टीको उपसभापतिमा झलकनाथ वाग्ले, महामन्त्रीद्वय हरिशंकर मिश्र र सुशीलमान शेरचन, महामन्त्रीमा पुष्प पराजुली र प्रवक्ता देवेन्द्र पौडेललाई जिम्मेवारी दिइएको छ ।

पार्टीका सभापति भट्टराईले नेपाली काँग्रेस बिपीको समाजवादको चिन्तन तथा विचारबाट विचलित भई सत्ता र सम्पत्तिका लागि मात्रै केन्द्रित भएकाले आफूहरुले बिपी विचारलाई स्थापित गर्न नयाँ पार्टी गठन गरेको बताउनुभयो ।

“काँग्रेसले बिपीको विचारलाई लात हानेर जुनसुकै शक्तिसँग पनि सम्झौता गर्ने चरित्र देखाएको छ”– उहाँले भन्नुभयो ।

पार्टीका सदस्यमा दीनबन्धु अर्याल, ब्रह्मनारायण चौधरी, लोपसांङ लामा, कल्पित पराजुली, लोकराज भट्ट, माधवप्रसाद लामिछाने, रामविलास शाह, यज्ञराज भट्ट, महेश्वरी न्यौपाने, नरेन्द्र विष्ट, चक्रदेव जोशी, ऋषभ सापकोटा, गोपालनारायण भट्टचन, सरोज लामा, रामभक्त भट्टराई, लक्ष्मी सुनार, झपेन्द्र आचार्य, पूर्णबहादुर विक, राजेशकुमार शाही, विकास तामाङ हुनुहुन्छ । रासस

प्रकाशित मिति: २ कार्तिक २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्