न यता न उता बाबुराम भए अलपत्र !


 


काठमाडौं, कात्तिक २
गत असोज १७ गते नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच बाम एकता हुँदा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले भनेका थिए, यो एकता देश र नेपाली जनताको हित मा छ ।

राष्ट्रिय सभा गृहको भवनमा खचाखच भिडलाई सम्बोधन गर्दे भट्टराइको बोलेको बोली एक हप्तापछि फिक्का सावित भयो, जतिबेला उनि गठबन्धनबाट बाहिरिसकेका थिए ।

बाबुराम बाहिरिएपछि अनेक खाले टिका टिप्पणी भइरहेका छन् । लगत्तै उनि कांग्रेससँग गठबन्धन गर्न पुगे । तर अहिले त्यहाँबाट पनि बाहिरिनु पर्ने अवस्था सिर्जना भएको छ ।

वाम गठबन्धनमा आफ्नो हैसियत भन्दा बढी सिट मागेपछि लफडा भएको थियो । त्यस्तै यतिबेला कांग्रेससँग पनि बाबुरामले बढी सिटको दाबी गरिरहेको स्रोतको भनाइ छ ।

ठूलो भाग खान खोज्दा यता र उता डुलिरहेका बाबुराम अन्ततः न यता न उता भएर अलपत्र पर्ने अवस्थामा पुगेका छन् । बाबुरामको अनेक चरित्रका कारण जनतामा उनको छवि समेत धुमिल बनेको छ ।

बाबुराम कहिले आफ्नै चुनाव चिन्ह लिएर उठ्ने त, कहिले एमालेको सूर्य चिन्ह लिएर उठ्ने कुरा गर्छन् । त्यतिमात्र हैन कांग्रेसको रुख चिन्ह लिएर उठ्ने भने पनि कांग्रेहरु नै रुष्ट बनेको खबरहरु आउन थालेका छन् ।

नेपाली कांग्रेसले गोरखा निर्वाचन क्षेत्र नम्बर २ नयाँ शक्ति पार्टीका संयोजक डा( बाबुराम भट्टराईलाई दिएमा पार्टीलाई घाटा हुने भन्दै कार्यकर्ताले विरोध गर्न थालेका छन् ।

कांग्रेस पदाधिकारी र कार्यकर्ताले विभिन्न बैठकमा भट्टरार्इलाई जिताउँदा कांग्रेसलाई फाइदा नहुने तर्क गर्न थालेका हुन् ।

‘कांग्रेसलाई जरैदेखि फाल्नुपर्छ भनेर वाम गठबन्धनमा लागेका भट्टराईलाई गठबन्धनले गोरखा २ नदिएपछि उनी कांग्रेससँग तालमेल गर्न आएका हुन्, कांग्रेसका एक नेताले भने, भट्टराईका कार्यकर्ताले अर्को क्षेत्रमा कांग्रेस उम्मेदवारलाई भोट हालेर जिताउँछन् भन्ने ग्यारेन्टी के ?

जिल्ला तहका नेता कार्यकर्ता र गोरखाबाट केन्द्रीय तहमा पुगेका नेता पनि गोरखा २ मा भट्टराईलाई छाड्न तयार छैनन् । स्थानीय तह निर्वाचनमा गोरखाका ११ मध्ये ९ तह जितेको कांग्रेस अहिले जिल्लामा पहिलो शक्ति देखिन्छ ।

दोस्रो माओवादी केन्द्र , तेस्रो एमाले र चौथोमा नयाँ शक्ति छ । तर, भट्टराईले चुनावी प्रतिष्पर्धा गर्न लागेको गोरखा २ मा भने नयाँ शक्ति एमाले भन्दा अगाडि छ ।

त्यहाँ कांग्रेससँग मिलेर निर्वाचनमा जाँदा सहजै जित्न सकिने विश्लेषण भट्टराइले गरेका छन् । एमालेको केही मत पाए जित्ने आसमा माओवादी नेता नारायाण्काजी श्रेष्ठ छन् ।

उनले गोरखा २ आफूले छाड्न नसक्ने अड्डी लिएपछि भट्टराई वाम गठबन्धनबाट बाहिरिएर कांग्रेससँग पुगेका थिए। तर भट्टाराई कांग्रेसबाट पनि बाहिरिन सक्ने अड्कलबाजी सुरु भएको छ ।

प्रकाशित मिति: २ कार्तिक २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्