दुर्घटनाबाट जोगियो सौर्य एयरलाइन्सको जहाज, के भएको हो समस्या ?


 


काठमाडौं, कात्तिक २
सौर्य एयरलाइन्सको जहाज आकस्मिक अवतरण गराइएको छ । भद्रपुरबाट काठमाडौंका लागि उडेको उक्त एयरलाइन्सको जहाजमा एसी नचलेपछि बिराटनगर विमानस्थलमा आकस्मिक अवतरण गराइएको हो ।

जहाजमा सामान्य समस्या आएका कारण एसी नचलेको र तत्काल बिराटनगरमा अवतरण गराइएको सौर्य एयरलाइन्सले बताएको छ ।

भद्रपुरबाट साढे १ बजे उडेको केहि समयपछि नै समस्या देखिएको र तत्कालै बिराटनगर विमानस्थलमा जहाज अवतरण भएको थियो ।

यतिबेला जहाजको मर्मत भइरहेको छ ।  विमानमा एसी बिग्रदा यात्रुको स्वासप्रस्वासमा समस्या आउनका सार्थै, कान थुनिएजस्तो हुने गर्छ ।

प्रकाशित मिति: २ कार्तिक २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्