बस दुर्घटना : एउटै गाउँका तीन जनाको मृत्यु


 


धनगढी, कात्तिक २
डोटी बस दुर्घटनामा परेर एउटै गाउँका तीनजनाको मृत्यु भएको छ ।

बर्छेनबाट धनगढीतर्फ आउँदै गरेको सुदूरपश्चिम यातायातको ना३ख ५६४८ नंको बस आज दुर्घटना हुँदा बड्डीकेदार गाउँपालिका–४ का ३५ वर्षीया मीनादेवी पुनमगर, ४५ वर्षीय जगदीश चन्द तथा लोकेन्द्र जेठाराकी तीन वर्षीया छोरी पुष्पा जेठाराको मृत्यु भएको घटनास्थलमा उद्धारमा खटिनुभएका ट्राफिक प्रहरी कृष्ण भण्डारीले जानकारी दिनुभयो ।

बस सडकबाट झण्डै १०० मिटर तल खस्दा १३ पुरुष, चार महिला तथा चार बालबालिका घाइते भएका छन् । घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ ।

इलाका प्रहरी कार्यालय बिपी नगर, ट्राफिक प्रहरी र स्थानीय बासिन्दाले घाइतेको उद्धार गरेका थिए । घाइतेलाई प्रहरीले उपचारका लागि धनगढीतर्फ ल्याउँदै छ ।

प्रकाशित मिति: २ कार्तिक २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्