डोटी बस दुर्घटना तीनजनाको घटनास्थलमै मृत्यु, दुई जनाको सनाखत


 


डोटी,  कात्तिक २

बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा आज बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।

बसमा सवार १८ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि कैलालीको धनगढी पठाइएको छ । मृतक तीनैजना बड्डीकेदार गाउँपालिका–४ का बासिन्दा रहेको स्थानीयवासीले बताएका छन् ।

बर्छेनबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको ना३ख ५६४८ नंको बस आज बिहान दुर्घटना भएको हो । बस दुर्घटना हुँदा बडीकेदार गाउँपालिका-४ मान्नाकापडीका अन्दाजी ४५ बर्षीय जगदीश चन्द र सोही गाउँका ३५ बर्षीय निर्मला पुन मगरको घटनास्थलमै मृत्यु भएको हो । अर्का मृतक सोही गाउँका तीन बर्षीया बालिका रहेको तर उनको सनाखत नभएको स्थानीयवासीले जानकारी दिएका छन् ।

बिपीनगर र घाँगलबाट उद्धारका लागि प्रहरी घटनास्थलमा पुगेको प्रहरी निरीक्षक रणबहादुर विष्टले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २ कार्तिक २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्