नेपाल ल्याउन लागेको ८० हजार कार्टुन स्याउ चिनियाँ सिमामै रोकियो


 


काठमाडौं, कार्तिक २
नेपाल फलफुल व्यवसयाी संघका अध्यक्ष्य अमर बानियाँले तिहारको लागि चीनबाट आयात गर्न लागेको ८० हजार कार्टुन स्याउ चिनियाँ नाकामा रोकिएको बताएका छन् ।

उनले चीनमा चलिरहेको कम्युनिष्ट पार्टीको सम्मेलनका कारण देखाउँदै चिनियाँ पक्षले स्याउन रोकेको बताए । सिमामा रोकिएको सो स्याउको मुल्य करिब ८ करोड रुपैयाँ पर्ने उनको भनाई छ ।

उनले हामीले भारतले अवरोध गर्ने भन्दै भारतलाई गाली गर्ने गरेको तर, नेपाली व्यापारीहरुलाई चीनले पनि बेला बखत सताउने गरेको बताए । ‘भारतलाई गाली गर्ने गर्छौं’ उनले भने, तर चीन पनि बेला बेलामा अभिषाप नै निस्कन्छ’ उनले भने ।

चिनियाँ सिमामा स्याउ रोकिएको भएपनि रोकिएको स्याउले नेपालको मागमा कुनै असर नपर्ने उनको भनाई छ ।

प्रकाशित मिति: २ कार्तिक २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्