पैसामा विक्री भएको टिकट खोस्न राजपाका नेताहरुले थाले अनशन


 


काठमाडौं, कार्तिक २
पैसावाललाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि टिकट दिएको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा असन्तुष्टि बढेको छ ।

पैसा भएका र पहुँच भएकालाई टिकट वितरण गरेको विरोधमा महासचिव केशव झा सहित केन्द्रीय नेता पार्टी मुख्यालय बबरमहलमा अनशन बसेका छन् ।

झाको नेतृत्वमा नेताहरु बुधबार बिहान साढे ११ बजेदेखि अनशन बसेका हुन् ।

आफ्ना गोजीका व्यक्ति, पैसा बुझाउने अनि सामाजिक क्षेत्रमा बदनाम भएकाहरुलाई समानुपातिक र प्रदक्ष्य दुवैतर्फको टिकट वितरण गरेको उनीहरुको आरोप छ ।

उनीहरुले पार्टीले गरेको टिकटको निर्णय च्याउनुपर्ने माग गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

प्रकाशित मिति: २ कार्तिक २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्