बाबुरामलाई काँग्रेससँगको तालमेल पनि सकस


 


काठमाडौं, कार्तिक २
नेपाली कांग्रेसले गोरखा निर्वाचन क्षेत्र नम्बर २ नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई दिएमा पार्टीलाई घाटा हुने भन्दै कार्यकर्ताले विरोध गर्न थालेका छन् ।

कांग्रेस पदाधिकारी र कार्यकर्ताले विभिन्न बैठकमा भट्टरार्इलाई जिताउँदा कांग्रेसलाई फाइदा नहुने तर्क गर्न थालेका छन् ।

‘कांग्रेसलाई जरैदेखि फाल्नुपर्छ भनेर वाम गठबन्धनमा लागेका भट्टराईलाई गठबन्धनले गोरखा २ नदिएपछि उनी कांग्रेससँग तालमेल गर्न आएका हुन्, कांग्रेसका एक नेताले भने, भट्टराईका कार्यकर्ताले अर्को क्षेत्रमा कांग्रेस उम्मेदवारलाई भोट हालेर जिताउँछन् भन्ने ग्यारेन्टी के ?

जिल्ला तहका नेता कार्यकर्ता र गोरखाबाट केन्द्रीय तहमा पुगेका नेता पनि गोरखा २ मा भट्टराईलाई छाड्न तयार छैनन् । स्थानीय तह निर्वाचनमा गोरखाका ११ मध्ये ९ तह जितेको कांग्रेस अहिले जिल्लामा पहिलो शक्ति देखिन्छ ।

दोस्रो माओवादी केन्द्र , तेस्रो एमाले र चौथोमा नयाँ शक्ति छ । तर, भट्टराईले चुनावी प्रतिष्पर्धा गर्न लागेको गोरखा २ मा भने नयाँ शक्ति एमाले भन्दा अगाडि छ ।

त्यहाँ कांग्रेससँग मिलेर निर्वाचनमा जाँदा सहजै जित्न सकिने विश्लेषण भट्टराइले गरेका छन् ।

एमालेको केही मत पाए जित्ने आसमा माओवादी नेता नारायाण्काजी श्रेष्ठ छन् । उनले गोरखा २ आफूले छाड्न नसक्ने अड्डी लिएपछि भट्टराई वाम गठबन्धनबाट बाहिरिएर कांग्रेससँग पुगेका हुन् । आजको नागरिक दैनिकमामा समाचार छ ।

प्रकाशित मिति: २ कार्तिक २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्