४ हजार मेगावट क्षमताका आयोजनाको काम अघि बढ्न सकेन


 


काडमाडैं, कात्तिक २
चार हजार मेगावाट भन्दा बढी विद्युत उत्पादन क्षमताका विभिन्न जलविद्युत आयोजनाहरुको काम अघि बढ्न सकेको छैन ।

उर्जा मन्त्रालयका अनुसार पछिल्लो समयमा ४ हजार मेगावाट भन्दा बढी उत्पादन क्षमता भएका विभिन्न १ सय २८ जल विद्युत आयोजनाको काम अघि बढ्न सकेको छैन ।

ती आयोजनाको विद्युत उत्पादन क्षमता चार हजार २१ मेगावाट रहेको उर्जा मन्त्रालयले जानकारी दिएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल निजी क्षेत्रका करिब तीन हजार मेगावाट क्षमताका आयोजना निर्माणको चरणमा छन् । यीमध्ये १ सय ३५ मेगावाट क्षमताका १४ आयोजनाको काम भने सम्पन्न भैसकेको छ ।

उज्यालो नेपाल अभियान अन्तर्गत मुलुकभरबाट सदाका लागि लोडसेडिङ अन्त्य गर्ने र विद्युत सुविधाको पहँच नपुगका स्थानमा समेत विजुलीको पहुँच पु¥याउन सहयोग पु¥याउने सरकारी लक्ष्य छ ।

लोडसेडिङ अन्त्य गर्नका लागि विद्युत उत्पादन कार्यलाई तिव्रता दिने नीति सरकारले लिएको भएपनि त्यस अनुरुप काम हुन सकेको छैन । नवनियुक्त उर्जा मन्त्री कमल थापाले पदभार ग्रहणगरे लगत्तै यसअघि सञ्चालनमा रहेका कार्यक्रम र नीति नै प्राथमिकता दिइने बताए ।

प्रकाशित मिति: २ कार्तिक २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्