काठमाडौंको १० र्निवाचन क्षेत्रवाट काँग्रेसका को-को छानिए उम्मेदवार ?


 


काठमाडौं , कात्तिक १

नेपाली काँग्रेस काठमाडौं जिल्ला कार्यसमितिले १० वटा र्निवाचन क्षेत्रबाट प्रतिनिधि सभा र प्रदेश सभाको र्निवाचनमा प्रत्यक्ष र समानुपातीक उम्मेदवारको नाम सिफारीस गरेको छ ।

दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेश सभा र्निवाचनका लागि नेपाली काँग्रेस काठमाडौंले नेपाली काँग्रेसका पुर्व महामन्त्री प्रकाशमान सिंह, रक्षा मन्त्री भिमसेनदास प्रधान, नेपाली काँग्रेस काठमाडौं जिल्ला सभापति सबुजकृष्ण बानीया सहितको नाम केन्द्रलाई सिफारीस गरेको छ ।

काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको प्रत्यक्षमा प्रकाशमान सिंह र प्रदेशमा मोहन कुमार राई, राजु अर्याल, रेणु भट्टराई, सुरजचन्द्र लामिछाने, कल्याणी रिजाल, लिलेन्द्र प्रधानको नाम सिफारिस गरेको छ ।

क्षेत्र नंम्बर २ को प्रत्यक्ष संघमा लोकेश ढकाल, दिपक कुइकेल र प्रदेश सभाको लागि प्रदिप पराजुली, भीमार्जुन आचार्य, क्षितिज पराजुली, मनोहरी खड्का, शंकर थापा सिफारिस भएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष संघमा अम्विका बस्नेत, कृष्णजी खड्का र हरिवोल भण्डारी निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस भएका छन् । त्यस्तै प्रत्यक्ष प्रदेशमा भने छिरिङ्गदोर्जे लामा, गजेन्द्र कुमार लामा, दिपक रिसाल, विमल ठकुरी, विष्णुदेवी पुडासैनी, जगन्नाथ धिमालको नाम सिफारिस भएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ४ को प्रत्यक्ष संघतर्फ गगन कुमार थापा, नरोत्तम वैद्य, जमुना घिमिरे र प्रत्यक्ष प्रदेशतर्फ श्रीराम लामिछाने, राधा घले, कर्मा छिरिङ्ग शेर्पा, आत्माराम पौडेल, साधुराम खड्का, न्हुच्छेनारायण श्रेष्ठ सिफारिसमा परेका छन् ।

क्षेत्र नम्बर ५ मा भने रमेश कुमार खड्का, श्रीविनोद भट्टराई, प्रेम वहादुर खड्का प्रत्यक्षतर्फ र प्रदेश रमा गुरागाई, उषा न्यौपाने, प्रकाश महर्जन, गोकर्ण केसी, मनिष जोशी र श्याम खड्कालाई सिफारिस गरेको छ ।

त्यस्तै संघतर्फ क्षेत्र नम्बर ६ बाट भीमसेनदास प्रधान, सवुजकृष्ण वानियाँ र प्रत्यक्ष प्रदेशका लागि न्हुच्छेनारायण मानन्धर, जीवन डंगोल, विजय मानन्धर, श्यामकृष्ण खड्का, इन्द्रमान महर्जन र विष्णुभक्त तिमल्सेनाको नाम सिफारिस भएको छ ।

क्षेत्र नं ७ बाट विजय माली, सुदर्शन आचार्य र मुकुन्द रिजाल संघतर्फ सिफारिस भएका छन् । विनोद पन्त, राजिव श्रेष्ठ, प्रमोदहरि गुरागाई, धर्मराज अर्याल, सविन तामाङ्ग र पुनम लामा भने क्षेत्र नं ७ बाट प्रदेशमा सिफारिस गरिएको छ ।

क्षेत्र नंम्बर ८ बाट संघ तर्फ प्रत्यक्षमा नविन्द्रराज जोशी र प्रदेशतर्फ राजेश श्रेष्ठ, राज्यलक्ष्मी श्रेष्ठ, विजयगोपाल श्रेष्ठ, अमिन पाण्डे, देवरत्न डंगोल र केदार मानन्धरलाई सिफारिस गरेको छ ।

क्षेत्र नंम्बर ९ ध्यानगोविन्द रञ्जित, दामोदर गौतम संघतर्फ र जुद्दरत्न वज्रचार्य, सुमन श्रेष्ठ,इन्द्रमान तुलाधर,जय कृष्ण महर्जन, धर्मराज गौतम र रीता दवाडी प्रदेश तर्फ सिफरिस भएका छन् ।

क्षेत्र नम्बर १० बाट प्रतिनिधिसभामा राजेन्द्र कुमार केसी र प्रदेशमा राजकुमार नकर्मी, पुकार महर्जन, कृष्णमान डंगोल, धर्मराज के.सी, धर्मानन्द श्रेष्ठ र राजेन्द्र विक्रम वानियाँ प्रदेश तर्फ सिफारिसमा परेका छन् ।

प्रकाशित मिति: १ कार्तिक २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्