राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण


 


काठमाडौं,कात्तिक १

राष्ट्रपति विद्यादेवी भण्डारीले आज चारवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
व्यवस्थापिका–संसद्को बैठकबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश हुन आएको सहकारी विधेयक २०७४, स्वास्थ्य बिमा विधेयक २०७४, वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) विधेयक २०७४, र प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक २०७४ प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति: १ कार्तिक २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्