नेपाली काँग्रेस खोटाङले लगायो उम्मेदवारहरुको टुङ्गो


 


खोटाङ, कात्तिक १

आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली काँग्रेसले खोटाङ जिल्लाका उम्मेदवारहरुको टुङ्गो लगाएको छ ।

जिल्लाबाट सिफारिशमा परेका ४३ जना आकाँक्षीमध्येबाट छनोट गरेर प्रदेश तथा प्रतिनिधिसभाका प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवार टुँगो लगाएको हो ।  काँग्रेस केन्द्रीय समितिले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सरस्वती बजिमयलाई छनोट गरेको छ । त्यस्तै, प्रदेशसभाको निर्वाचनका लागि क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ सुवासकुमार पोखरेल र क्षेत्र नम्बर २ बाट विष्णुकुमार राईलाई टिकट दिने निर्णय गरेको छ ।

समानुपातिकतर्फ भने प्रतिनिधिसभाका लागि पूर्व सभासद् हीरा गुरुङ र प्रदेशसभाका लागि वीरकाजी राईको नाम छनोटमा परेको काँग्रेसले जनाएको छ । अन्य दलले भने अहिलेसम्म उम्मेदवारको टुँगो लगाएको छैन ।

प्रकाशित मिति: १ कार्तिक २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्