अबैध जडिबुटी ओसारपसार गर्ने एक जना पक्राउ


 


गोरखा, कात्तिक १ ।
अवैध रुपमा जडिबुटी ओसारपसार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय गोरखाले एक जनालाई पक्राउ गरेको छ ।
आरुघाट गाउँपालिका–९ चिसापानीका ४९ बर्षीय कमल गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । आरुघाट गाउँपालिका–५ सोतीबाट आरुघाट आउँदै गरेको ध १ ख १८९ नम्वरको यात्रुवाहक वसमा आठ वटा बोरामा ल्याइएको करिव ६० केजी पाँचऔले सहित गुरुङ पक्राउ परेका हुन् ।


जिल्ला प्रहरी कार्यालय गोरखाले केही दिन अघिदेखि सुरु गरेको पारस्परिक क्रस चेकिङ अभियान अन्तर्गत आरुघाट र आर्खेतबाट गस्तीमा खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा अवैध रुपमा ल्याइएको पाँचऔले फेला परेको डीएसपी भेषराज रिजालले जानकारी दिनुभयो ।
पक्राउ परेका गुरुङ ,बस र बस चालकलाइ लाई कारवाहीका लागी जडिवुटीसहित इलाका वन कार्यालय आरुघाटमा बुझाइएको छ ।

प्रकाशित मिति: १ कार्तिक २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्