अाजको राशिफल


 


अाज मिति वि.सं. २०७२ साल साउन १९ गते मंगलबार । इश्वी सन् २०१५ अगस्ट ४ तारिख। शकसंवत् १९३७ । कीलक संवत्सर। दक्षिणायन। वर्षा ऋतु । नेपाल संवत् ११३५ दिल्लागा।
 मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। साथीभाइसँग असमझदारी बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। तापनि, मनले नचिताएको व्यक्ति सहयोगी बनेर देखा पर्न सक्छ। होसियारीसाथ काम लिनुहोला, फाइदा हुनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

आयआर्जन बढ्नुका साथै उठ्नुपर्ने रकम हातलागी हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको राम्रै मूल्यांकन हुनुका साथै प्रशस्त लाभ पनि मिल्नेछ। पढाइमा प्रगति र नयाँ ज्ञान प्राप्त हुने योग छ। कृषि तथा पशुपालनमा सामान्य र व्यापारमा प्रशस्तै फाइदा हुने देखिन्छ। पितृधनको उपयोगबाट थप फाइदा उठाउन सकिने समय छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
अवसरका लागि अलि जोखिमपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। कामको सन्दर्भमा खराब नियतका व्यक्तित्वहरूसँग प्रतिस्पर्धा हुन सक्छ। नोकरी र राजनीतिमा पनि केही समस्यापछि फाइदा हुनेछ। अरूको विश्वास जिते पनि नजिककाले धोका दिन सक्छन्। मानहानि गर्नेहरू सक्रिय रहनेछन्। अनावश्यक खर्च हुने योग छ, सचेत रहनुहोला।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम बन्नेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन्। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। भाग्योन्नतिको समय छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
प्रियजनसँगको भेटघाटले मन प्रसन्न रहनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ। आकर्षक व्यक्तित्वले अरूको मन लोभ्याउन सकिनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। आम्दानी बढ्ने काम सुरु होला। अतिथिका रूपमा सम्मान पाइनुका साथै मनग्य धनलाभ हुनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
तपाईंका विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। नगरेका गल्तीको सजाय भोग्नुपर्ला। सरकारी कडिकडाउको सिकार भइनेछ। थिचोमिचो गर्नेहरूले पनि सताउनेछन्। चोरी वा ठगीमा परिने समय छ। आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला। शत्रुहरूले केही दुःख दिन सक्छन्। फाइदाका लागि योजनाहरू गोप्य राख्नुहोला।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
ढिलै भए पनि आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। दोहोर्याएर प्रयास गर्दा काम बन्न सक्छ। उपलब्धि भने राम्रै पाइनेछ। पढाइलेखाइमा समय दिन नसकिए पनि सामान्य प्रगति नै हुनेछ। सेवामूलक कामबाट धनलाभ हुन सक्छ। पेटको खराबीले सताउने भएकाले खानपानमा सजग रहुनहोला। सन्तान वा सहयोगीका माध्यमबाट फाइदा हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। मान्यजनसँग असमझदारी बढ्न सक्छ। विगतका निर्णयले काममा चुनौती आउने देखिन्छ। अरूको सुझावप्रति शंका उब्जने समय छ। महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। मातृधन, पशुधन र जमिनबाट सामान्य लाभ होला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
काममा रोकावट र कममात्र फाइदा हुने समय छ। सहयोगीहरूले हात झिक्नाले अलि अप्ठ्यारोमा परिनेछ। सञ्चित रकम खर्च हुन सक्छ। पुरानो समस्याले पनि झमेला आइलाग्ने योग छ। दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। काममा चुनौती देखिएलान्। आफ्नै प्रयासले काम सम्पादन हुन सक्छन्।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन्। तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् । लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ। विगतको श्रमबाट भने लाभ हुनेछ। काम रोकिनुका साथै आत्मसम्मानमा आघात पुग्न सक्छ। फाइदा कममात्र हुनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
पारिवारिक भेटघाटको समय छ। विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला। ठूलै फाइदाको आश्वासन पनि पाइनेछ। तर, यथार्थमा लाभ भने कमै मिल्नेछ। उपहारका नाउँमा बिग्रेको वस्तु हातलागी होला। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। तर, पेटको खराबीले सताउन सक्छ। सहयोगीहरूबाट पनि अलि धोका पाइने सम्भावना छ, सचेत रहनुहोला।

प्रकाशित मिति: १८ श्रावण २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्