सालोको कुटाइबाट भिनाजुको ठाउँको ठाउँ ज्यान गयो


 


नुवाकोट, कात्तिक १
मेघाङ गाउँपालिका–४ ठूलोकिम्ताङमा सालोको कुटाइबाट भिनाजुको मृत्यु भएको छ । घरायसी विवादमा भएको झगडामा ठूलोकिम्ताङका प्रतापसिंह तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिनुभयो ।

मंगलबार अपराह्न गाउँमा सामान्य विवाद हुँदा ५६ वर्षका तामाङलाई उनकै सालो श्रीमान तामाङ्ले लडाएर घाइते बनाइदिएका थिए ।

टाउकोमा चोट लागेका तामाङको उपचारको क्रममा जिल्ला अस्पताल, त्रिशूलीमा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । झगडामा संलग्न रहेका श्रीमान तामाङलाई कारबाहीका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: १ कार्तिक २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्