कात्तिक महिनाको पहिलो दिन आज पनि घट्यो सुनचाँदीको भाउ, कति छ मूल्य ?


 


काठमाडौं, कात्तिक १
कात्तिक महिनाको पहिलो दिन आज पनि सुनचाँदीको भाउ घटेको छ । हिजोको तुलनामा आज सुन प्रतितोला दुई सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य प्रतितोला ५६ हजार ५ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । केही दिनदेखी स्थिर मूल्यमा किनबेच भइरहेको सुन आज प्रतितोला ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य ७ सय ७५ रुपैयाँ थियो ।

नेपालीहरुको दोस्रो ठुलो पर्व तिहारमा सुनको मूल्य केही सस्तो हुन थालेपछि उपभोक्तालाई फाइदा पुगेको छ । तिहारको सिजनमा सुनचाँदीको अधिक मात्रामा कारोबार हुने गरेको व्यवसायीहरुको भनाई छ ।

तिज, तिहार र विवाहको महिनामा अत्याधिक मात्रामा सुनको खपत हुने गरेको उनिहरुको भनाई छ ।

प्रकाशित मिति: १ कार्तिक २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्