माओवादी मन्त्रीलाई हटाउँदा नराम्रोसँग चिप्लिए देउवा


 


काठमाडौं, कार्तिक १

प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका सबै मन्त्री विनाविभागीय बनाउँदा नराम्रोसँग झुक्किएका छन् ।  माओवादी केन्द्रसँग पार्टी एकता गरेको भर्खर नेकपा संयुक्तको तर्फबाट मन्त्री बनेकी मिथिला चौधरी जोगिएकी हुन् ।

यसअघि नेपका संयुक्त पार्टीको तर्फबाट मन्त्री भएकी चौधरीको पार्टी माओवादीमा बिलय भएको थाह नपाउँदा देउवा नराम्रोसँग चिप्लिएका हुन् ।

उक्त पार्टीले माओवादीसँग एकता गरे पनि निर्वाचन आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग एकताको औपचारिक जानकारी नभएका कारण उनी जोगिएकी हुन्। चौधरीले जनसंख्या तथा वातावरण मन्त्रालय सम्हालेकी छिन्।

गत साता उनको दलले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गरेको थियो। ठूलो मन्त्रिपरिषद् भएकाले प्रधानमन्त्री देउवाले नचिनेर चौधरीलाई मन्त्रालयविहीन बनाउन नसकेको भन्दै सामाजिक सञ्जालमा खिल्ली उडाइको छन्।

मंगलबार माओवादीले सरकार नछाडेपछि देउवाले माओवादी मन्त्रीलाई विना विभागीय मन्त्री बनाएका छन् ।

प्रकाशित मिति: १ कार्तिक २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्