तपाईको आजको राशिफल हेर्नुहोस्


 


आज मिति २०७४ साल कार्तिक १ गते बुधबार । तद्नुसार, इश्वी संवत सन् २०१७ अक्टोबर १८ तारिख । नेपाल संवत ११३७ कौलागा ।

कार्तिक कृष्णपक्ष, चर्तुदशी तिथि २३ः३७ बजेउप्रान्त औंसी तिथि । यमपञ्चकको दोस्रो दिन, आज कुकुर तिहार । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल

मेष

आफन्तको सहयोगले मन प्रफुल्ल होला । दाम्पत्य जिवन सुमधुर बन्ला । विरोधीहरु किनारा लाग्ने देखिन्छ । अध्ययनमा सफलता मिल्नेछ ।

वृष

परिवारको सहयोगले नयाँ कामको शुरुवात हुनेछ । रोकिएका कामहरु सजिलै बन्नेछन् । आफन्तसँग रमाइलो भेटघाट होला ।

मिथुन

नयाँ कामको थालनी हुनेछ । व्यापार व्यवसायबाट मनग्य आम्दानी हुनेछ । साथीभाइको सहयोगले प्रशस्त काम बन्नेछन् । सामाजिक कार्यमा सहभागी हुने योग छ ।

कर्कट

पारिवारिक सहयोग मिल्नेछ । स्वास्थयमा ध्यान दिनुहोला । अभिभावकको साथ सहयोगले महत्वपूर्ण काम बन्नेछ । धर्मकर्ममा रुची जाग्नेछ ।

सिंह

बोलीको प्रभाव बढ्ने हुँदा अरुको मन सजिलै जित्न सक्नुहुनेछ । नयाँ मानिसहरुसँग भटघाट हुनेछ । आम्दानीका बाटोहरु फराकिलो बन्दै जानेछन् ।

कन्या

आज आर्थिक उपार्जन धेरै होला । सोचेका कामहरु पुरा हुनेछन् । नयाँ अवसरको सिर्जन होला । बोलीको प्रभाव बढ्ने देखिन्छ ।

तुला

आफन्त र शुभचिन्तकको साथ सहयोगले जोश जाँगर बढेर आउने छ । चिताएका कुराहरु पुरा हुनेछन् । आजको दिन तपाइको शुभ रहनेछ ।

वृश्चिक

मेहनतले गरेका कामहरु सफल रुपमा सम्पन्न हुनेछन् । विशिष्ट व्यक्तिहरुसँग भेटघाट होला । नयाँ काम गर्न जोश जाँगर हुनेछ ।

धनु

शैक्षिक क्षेत्रमा प्रगती हुनुका साथै भ्रमण समेत होला । तपाईप्रति मानिसहरु आकर्षित हुनेछन् ।

मकर

धार्मिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट सफलता मिल्नेछ । सामाजिक कार्यमा सरिक भइएला ।

कुम्भ

नयाँ कामको अवसर मिल्नेछ । तपाइबाट अन्य व्यक्तिहरु प्रभावित बन्नेछन् । जागिरमा बढुवा होला । अरुको मन सहजै जित्न सकिन्छ ।

मीन

सोचेका कामहरु पुरा हुनेछन् । बिग्रेका पुराना सम्बन्धहरु सुधार हुनेछन् । साथीभाइहरुले साथ सहयोग दिनेछन् । मन प्रफुल्ल होला ।

प्रकाशित मिति: ३१ आश्विन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्