राती १० बजे पछि देउसी भैलो नखेल्न प्रशासनको आग्रह


 


काठमाडौँ,  असोज ३१

काठमाण्डौमा राती १० बजे पछि देउसी भैलो नखेल्न आग्रह गरीएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार विज्ञप्ति निकाली सूचनाको अटेर गर्नेहरुलाई कारवाही गरिने जनाएको छ ।

देउसी भैलोलाई व्यवस्थित बनाउन भन्दै घरभेटीको सहमति लिएर मात्रै राति १० बजेसम्म खेल्न प्रशासनले आग्रह गरेको हो ।

त्यस्तै तिहार मनाउने क्रममा आतिशबाजि, पटका, भुईचम्पा जस्ता प्रज्वलनशील पदार्थको उत्पादन, आयात, बिक्रि वितरण र प्रयोग नगर्न समेत सबैमा आग्रह गरिएको छ ।

प्रकाशित मिति: ३१ आश्विन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्