कमल थापा बने उर्जामन्त्री, राप्रपाले पायो थप ४ मन्त्रालय


 


काठमाडौं, असोज ३१
प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका चार मन्त्रीहरुलाई जिम्मेवारी बाँडफाँड को टुङगो लगाउनुभएको छ । उपप्रधानमन्त्री कमल थापालाई उर्जा मन्त्रालयको जिम्मेवारी दिएर गृहमन्त्रालय भने प्रधानमन्त्रीले आफैं राख्नुभएको छ । त्यस्तै माओवादीलाई जिम्मेवारीबाट हटाएर खाली गराइएको परराष्ट्र मन्त्रालय पनि प्रधानमन्त्रीले देउवाले नै राख्नुभएको जनाइएको छ ।


शनिबार सपथ ग्रहण गर्नुभएका मन्त्री दिलनाथ गिरीले शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ भने जयन्त चन्दले आपूर्ति मन्त्रालय र विक्रम थापाले महिला वालवालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको जनाइएको छ ।
प्रंधानमन्त्री देउवाले माओवादीका मन्त्रीहरुलाई विनाविभागीय बनाएर राप्रपाका मन्त्रीलाई जिम्मेवारी आज अपहन दिनुभएको थियो ।

प्रकाशित मिति: ३१ आश्विन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्