आज पनि घट्यो सुनको मूल्य, किन्ने होइन ?


 


काठमाडौं, असोज ३१
असोज महिनाको अन्तिम दिन आज पनि सुनको मूल्य घटेको छ । पहेलो धातु अर्थात सुन आज प्रतितोला एक सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आज सुन प्रतितोला ५६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य ५६ हजार ६ सय रुपैयाँ थियो ।

आज पनि चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ३१ आश्विन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्