तपाईको आजको राशिफल हेर्नुहोस्


 


आज मिति २०७४ साल असोज ३१ गते मंगलबार । तद्नुसार, इश्वी संवत सन् २०१७ अक्टोबर १७ तारिख । नेपाल संवत ११३७ कौलागा ।

कार्तिक कृष्णपक्ष, त्रयोदशी तिथि २३ः५९ बजेउप्रान्त चर्तुदशी तिथि । यमपञ्चक आरम्भ, आज काग तिहार । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल

मेष

नयाँ कामको थालनी हुनेछ । व्यापार व्यवसायबाट मनग्य आम्दानी हुनेछ । साथीभाइको सहयोगले प्रशस्त काम बन्नेछन् । सामाजिक कार्यमा सहभागी हुने योग छ ।

वृष

पारिवारिक सहयोग मिल्नेछ । स्वास्थयमा ध्यान दिनुहोला । अभिभावकको साथ सहयोगले महत्वपूर्ण काम बन्नेछ । धर्मकर्ममा रुची जाग्नेछ ।

मिथुन

आफन्तको सहयोगले मन प्रफुल्ल होला । दाम्पत्य जिवन सुमधुर बन्ला । विरोधीहरु किनारा लाग्ने देखिन्छ । अध्ययनमा सफलता मिल्नेछ ।

कर्कट

परिवारको सहयोगले नयाँ कामको शुरुवात हुनेछ । रोकिएका कामहरु सजिलै बन्नेछन् । आफन्तसँग रमाइलो भेटघाट होला ।

सिंह

सोचेका कामहरु पुरा हुनेछन् । बिग्रेका पुराना सम्बन्धहरु सुधार हुनेछन् । साथीभाइहरुले साथ सहयोग दिनेछन् । मन प्रफुल्ल होला ।

कन्या

नयाँ कामको अवसर मिल्नेछ । तपाइबाट अन्य व्यक्तिहरु प्रभावित बन्नेछन् । जागिरमा बढुवा होला । अरुको मन सहजै जित्न सकिन्छ ।

तुला

आज आर्थिक उपार्जन धेरै होला । सोचेका कामहरु पुरा हुनेछन् । नयाँ अवसरको सिर्जन होला । बोलीको प्रभाव बढ्ने देखिन्छ ।

वृश्चिक

मेहनतले गरेका कामहरु सफल रुपमा सम्पन्न हुनेछन् । विशिष्ट व्यक्तिहरुसँग भेटघाट होला । नयाँ काम गर्न जोश जाँगर हुनेछ ।

धनु

धार्मिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट सफलता मिल्नेछ । सामाजिक कार्यमा सरिक भइएला ।

मकर

शैक्षिक क्षेत्रमा प्रगती हुनुका साथै भ्रमण समेत होला । तपाईप्रति मानिसहरु आकर्षित हुनेछन् । सोचेका कामहरु पुरा हुनेछन् । धन आर्जन होला ।

कुम्भ

आफन्त र शुभचिन्तकको साथ सहयोगले जोश जाँगर बढेर आउने छ । चिताएका कुराहरु पुरा हुनेछन् । आजको दिन तपाइको शुभ रहनेछ ।

मीन

बोलीको प्रभाव बढ्ने हुँदा अरुको मन सजिलै जित्न सक्नुहुनेछ । नयाँ मानिसहरुसँग भटघाट हुनेछ । आम्दानीका बाटोहरु फराकिलो बन्दै जानेछन् ।

प्रकाशित मिति: ३० आश्विन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्