राष्ट्रपतिद्वारा सात विधेयक प्रमाणीकरण


 


काठमाडौं, असोज ३० ।
राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्को बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका सातवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

नेपालको संविधानको धारा, ११३ को उपधारा (२) बमोजिम मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि संहिता, मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता, फौजदारी कसूर सजाय निर्धारण तथा कार्यान्वयन, केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने विधेयक तथा भाषा आयोग विधेयक, २०७४ प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालय जनाएको छ ।

प्रकाशित मिति: ३० आश्विन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्