फेसबुक मार्फत एक करोड बढी ठगी गर्ने भोजपुरका सन्तोष सहित तीन जना पक्राउ


 


काठमाडौँ, असोज ३०
फेसबुकमार्फत बेलायतका नागरिकको नाममा प्रोफाइल तयार गरी नेपालका विभिन्न व्यक्तिलाई ठगी गर्ने तीन जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।

यसरी प्रकाउ पर्नेहरुमा मोरङ उर्लाबारी घर भई हाल बूढानीलकण्ठ नगरपालिका–१० बालुवाखानी बस्ने पवन न्यौपाने, भोजपुर हतुवागढी गाउँपालिका–७ का सन्तोष बस्नेत र मोरङ, सुन्दर हरैंचा–६ का प्रदीप सुब्बा रहेका छन् ।

बेलायतीको पेसबुक बनाई बहुमूल्य सामान, बेलायती पाउन्ड तथा अमेरिकी डलर समेत पठाइदिन्छु भन्दै उनिहरुले ठगी गर्दे आएको प्रहरीको भनाई छ ।

उनिहरुले सामान भारतको राजश्व कार्यालयमा रोकिएको र उक्त सामान प्राप्त गर्न भारत सरकारको नियमानुसार विभिन्न कर तिर्नुपर्ने भनी आइएमइमार्फत रकम पठाउन लगाई विभिन्न व्यक्तिबाट एक करोडभन्दा बढी ठगी गरेको बताइएको छ ।

उनीहरुले भरत कार्की, सीमा गुरुङ, सुनिमाया गुरुङ, हिमा माझी, सन्तोष बस्नेत र टंकमाया कार्कीका नाममा कोही कसैलाई फोन वा फेसबुकमार्फत ठगी गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ३० आश्विन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्