कुन प्रदेशमा कति पार्टीले समानुपातिक उम्मेदवार सूची बुझाए ?


 


काठमाडौं, असोज ३०

समानुपातिक निर्वाचन प्रणालीतर्फ विभिन्न ४९ वटा राजनीतिक दलले प्रतिनिधिसभा सदस्यका लागि उमेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन् ।

७ ओटा प्रदेशका प्रदेशसभा सदस्य निर्वाचनका लागि दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फको उमेदवारको नामावली प्रदेशअनुसार बेग्ला बेग्लै पनि आइतबार र्न बुझाएका छन् ।

आयोगकाअनुसार प्रदेश नं एकमा २७, प्रदेश न २ मा २९, प्रदेश नंंं ३ मा ३१, प्रदेश नं ४ मा २०, प्रदेश न ५ २७, प्रदेश नं ६ मा १८ र प्रदेश नं ७ मा २० राजनीतिक दलले उमेदवारहरुको बन्दसूची पेश गरेका छन् ।

बन्दसूची पेश गर्न सुरुमा ५५ वटा राजनीतिक दलले आयोगमा आई प्रक्रिया सुरु गरे पनि केही राजनीतिक दलले प्रतिनिधिसभाको लागि नभई प्रदेशसभामा मात्रै बन्दसूची पेश गरेको प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

दलहरुले आयोगमा पेश गरेका उमेदवाहरुको बन्दसूचीलाई असोज ३० गते देखि कात्तिक ५ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा जाँचबुझ गर्ने कार्यक्रम रहेको छ ।

कानुनी व्यवस्थाअनुसार उमेदवारको बन्दसूची समानुपातिक प्रतिनिधित्व र समावेशी सिद्धान्तका आधारमा तयार भए नभएको वा अन्य रीत पुगे नपुगेको एकीन गरी त्यस्तो रीत पुगेको नपाइएमा सम्बन्धित दललाई सो सूची सच्चाउन आयोगले सूचित गर्ने प्रावधान छ ।

निर्वाचन कार्यक्रम अनुसार, समानुपातिक निर्वाचन निर्देशिका अनुसार आयोगले निर्देशन गरे बमोजिम सम्बन्धित राजनीतिक दलहरूले कात्तिक ६ देखि १२ गतेसम्म उम्मेवारको बन्दसूची सच्याई आयोगमा पेश गर्नुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति: ३० आश्विन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्