दल बीचको एकता र गठबन्धनले लोकतन्त्र बलियो : राष्ट्रपति


 


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय एकताबाट मुलुकका जल्दावल्दा समस्याहरु समाधान गर्न सबै पार्टीले ध्यान दिनुपर्ने बताएकी छन् ।

भण्डारीले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सबै पार्टी, सरकार मिलेर स्वच्छ निष्पक्ष रुपमा सम्पन्न गर्नुपर्ने कुरामा जोड दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सोमबार राष्ट्रपति भवन शीतलनिवासमा भण्डारीले सो दीपावली, नेपाल सम्वत तथा छठ पर्वको शुभकामना दिँदै दलहरुलाई एक हुन आग्रह गरेकी हुन् ।

भेटमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष के.पी. शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राप्रपाका

अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापा, उप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वप्रधानमन्त्री लगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुबाट भेट उपस्थित रहेका थिए ।

प्रकाशित मिति: ३० आश्विन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्