नेपाल र हङकङ बीचको खेल आज पनि नहुने सम्भावना, खेल नभए अंक बाँड्ने


 


काठमाडौं, असोज ३०

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरण अन्तर्गत नेपाल र हङकङबीचको दोस्रो खेल अझै सुरु भएको छैन ।

आइतबार आएको सामुद्रिक आँधी (टाईफुन ८ ) र त्यसपछि लगातार वर्षा हुँदा नेपाल र घरेलु टोलीबीचको खेल सुरु हुन नसकेको हो । नेपाल र हङकङबीच नेपाली समयअनुसार ६ः४५ मा सुरु हुनु पर्ने थियो ।

तर खेल हुने मैदान मङककमा पानी नसुकेको हङकङ क्रिकेटले जनाएको छ । यस्तै हङकङमा आज बिहान समेत वर्षा जारी रहेको हङकङ क्रिकेटले जनाएको छ । यसअघि नेपाल र हङकङबीचको दोस्रो खेल आइतबार नै तय भएपनि सामुद्रिक आँधी (टाईफुन ८ ) को कारण सोमबार (रिजर्भ डे) सारिएको थियो ।

हङकङ र नेपालबीचको खेलको टस समेत भएको छैन । यदि आज बिहान घाम नलागेको अवस्थामा खेल हुने संभवाना निकै कम रहेको छ । घाम लागे पनि खेलको ओभर छुट्टाएर खेलाईनेछ । । आज खेल नभएको खण्डमा दुबै टोलीले १–१ अंक पाउने छन् ।
यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल घरेलु टोलिसँग ८३ रनले पराजित भएको थियो । पहिलो खेलमा ब्याट्सम्यान चल्न नसक्दा नेपाल पराजित भएको थियो ।

प्रकाशित मिति: ३० आश्विन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्