३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना


 


२९ असोज, काठमाडौं ।

पहिलो चरणमा मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
पहिलो चरणमा निर्वाचन हुने प्रदेश नम्बर १ का ताप्लेजुङ, पाँचथर, खोटाङ, ओखलढुंगा, भोजपुर, संखुवासभा र सोलुखुम्बु, प्रदेश नम्बर ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नम्बर ४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखामा कार्यालय स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै प्रदेश नम्बर ५ का रुकुम–पूर्वी भाग र रोल्पा, प्रदेश नम्बर ६ का रुकुम–पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा तथा प्रदेश नम्बर ७ का दार्चुला, बझाङ, बाजुरा र वैतडीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भई निर्वाचनसम्बन्धी कार्य समेत सुरु भइसकेको जनाइएको छ ।
दोस्रो चरणमा निर्वाचन हुने बाँकी ४५ जिल्लामा आगामी कात्तिक ९ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: २९ आश्विन २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्