हराएको जहाजको टुक्रा-टुक्रा भेटियो


 


tukraपेरिस, साउन १८

हिन्द महासगर स्थित आइल्याण्ड रियुनियनका प्रहरी अधिकारीले एक विमानको ढोका भेट्टाएको दाबी गरेका छन्। यो जहाजको टुक्रा रहस्यमय किसिमले हराइरहेको मलेसिया एयरलाइन्सको उडान नम्बर एमएच ३७०को भएको हुनसक्ने अनुमान गरिएको छ।

प्रहरीका अनुसार भेटिएको जहाजको टुक्रा ढोकाको हिस्सा हो। यो बगिरहेको समुन्द्रबाट किनारमा आएको अवस्थामा प्रहरीले बरामद गरेको छ। प्रहरीका अनुसार यसमा केही लेखिएको छ र केही चित्र बनाइएको छ।

प्रहरीकाअनुसार सेन्ट डेनिस सहरको दक्षिणमा यो फेला परेको हो। बुधार पनि यही स्थानबाट जहाजको एक टुक्रा भेटिएको थियो जुन हराइरहेको मलेसिया एयरलाइन्सको जहाजको टुक्रा भएको बताइएको थियो। बुधबार भेटिएका जहाजका टुक्रा विश्लेषणका लागि फ्रान्स पठाइएको छ।

यसैबीच मलेसियाका परिवहन मन्त्रीले बुधबार भेटिएको विमानको पंखाको टुक्रा बोइङ ७७७ कै भएको बताएका छन्।

सन् २०१४ मार्च ८ मा मलेसिया एयरलाइन्सको फ्लाइट नम्बर एमएच ३७० क्वालालम्पुरबाट बेइजिङ जादै गर्दा बेपत्ता भएको थियो। विमानमा २३९ जना सवार थिए।

एजेन्सी

प्रकाशित मिति: १८ श्रावण २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्