समानुपातिक उम्मेदवारीका लागि निर्वाचन आयोगमा महामेला, कुन प्रदेशमा कति दलले उम्मेदवारी दिँदैछन्?


 


काठमाडौं, २९ असोज
मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचनका आज (आइतबार) उम्मेदवारहरूको बन्दसूची पेश गर्ने कार्यतालिका रहेको छ ।

निर्वाचन आयोगमा दर्ता ८८ दलले प्रतिनिधिसभाको समानुपातिकतर्फ चुनिने ११० तथा प्रदेशसभाको समानुपातिकतर्फ २२० पदका लागि आइतबार उम्मेदवारहरूको बन्दसूची पेश गर्न लागेका हुन् ।

दलहरुले प्रतिनिधिसभाको समानुपातिक सूचीमा कम्तिमा ११ जना र बढीमा ११० जनाको नाम पेश गर्न पाउने छन् । त्यसमा पनि कम्तिमा ५० प्रतिशत महिलासहित प्रतिशतका आधारमा जनजाती, खस–आर्य, मुस्लिम, मधेसी, थारु, दलित लगायतको प्रतिशतका आधारमा प्रतिनिधित्व समेत दलहरुले गराउनुपर्ने हुन्छ ।

संविधानसभाबाट जारी नेपालको संविधान अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि पहिलोपटक निर्वाचन हुन लागेको हो ।

आयोगको केन्द्रीय कार्यालय राजनीतिक दलले समानुपातिकतर्फका उम्मेदवारहरूको बन्द सूची पेश गर्नुपर्नेछ । जसका लागि आयोगले प्रतिनिधसभाको छुट्टै स्टल राखेको छ भने प्रदेशसभाका लागि ७ वटा स्टल राखेको छ । प्रदेशकका लागि दल दर्ताका आधारमा छुट्टा छुट्टै सूची पेश गर्नुपर्ने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

उनका अनुसार प्रतिनिधिसभाका लागि आयोगले ८८ दललाई निर्वाचन चिह्न प्रदान गरेको छ । प्रदेशको हकमा संख्या र दल दर्ता फरक छ। ७ प्रदेशमा गरेर जम्मा २२० जना समानुपातिकतर्फबाट निर्वाचित हुने संवैधानिक व्यवस्था छ ।

सरकारले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन एकै दिन दुई चरणमा सम्पन्न गर्नेगरी मिति तय गरेको छ । दुवै चरणका लागि बन्द सूची भने आजै पेश गर्नुपर्ने हुन्छ ।

समानुपातिक निर्वाचन कार्यतालिका यस्तो छ :

कार्यतालिका अन्तर्गत निवेदन पेश गर्नका लागि सूचना प्रकाशान, दलले निवेदन पेश गर्ने, राजनीतिक दलहरुको नामावली प्रकाशन, फिर्ता लिने, अन्तिम नामावली प्रकाशन र निर्वाचन चिन्ह प्रदान गर्ने काम सकिइसकेको छ।

आइतबार अर्थात आज राजनीतिक दलहरुले उम्मेदवारको बन्दसूची पेशपछिको प्रक्रिया र कार्यक्रम यस्तो छ ।

बन्दसूची सच्याउने राजनीतिक दलहरुलाई सूचित गर्ने : २०७४/०६/३०

बन्दसूची संशोधन गरी पेश गर्ने : २०७४/७/०६ देखि २०७४/०७/१२

बन्दसूचीबाट नाम फिर्ताका लागि निवेदन : २०७४/०७/१३

उम्मेदवारको नाम फिर्ता सम्बन्धी सम्बन्धित राजनीतिक दललाई जानकारी : २०७४/०७/१४ देखि २०७४/०७/१५

उम्मेदवारको बन्दसूची सार्वजनिक गर्ने : २०७४/०७/१७

योग्यता सम्बन्धमा दाबी विरोध गर्ने निवेदन : २०७४/०७/२५ देखि २०७४/०८/०१

दाबी विरोधको निवेदन उपर जाँचबुझ र निर्णय २०७४/०७/२५ देखि २०७४/०८/०१

बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन २०७४/०८/०२

बन्दसूची अन्तिम रुपमा प्रकाशन २०७४/०८/०३

मतदान गर्ने २०७४/०८/१० र २०७४/०८/२१

कुन प्रदेशमा कति दलले उम्मेदवारी दिँदैछन् ?

प्रकाशित मिति: २९ आश्विन २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्