एमाले–माओवादी निर्वाचन घोषणापत्रको मस्यौदा, लक्ष्य समाजवाद


 


काठमाडौं, २९ असोज

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आर्थिक विकासका लागि आर्थिक कूटनीतिमा जोड दिँदै नेकपा एमाले र नेकपा माओवादी केन्द्र चुनावी प्रतिष्पर्धामा उत्रने भएका छन् ।

मस्यौदा समितिले तयार पारेको घोषणापत्रमा माओवादीले सञ्चालन गरेको सशस्त्र जनयुद्ध र एमालेले अंगीकार गर्दे आएको जनताको बहुदलीय जनवादलाई समावेश गर्दै समाजवादसम्म पुग्ने उल्लेख छ ।

दुई पार्टीको संयुक्त कार्यदलले तयार पारेरे अन्तिम रुप दिन बाँकी संयुक्त चुनावी घोषणापत्रमा आर्थिक कूटनीतिसँगै परराष्ट्र नीतिलाई स्वतन्त्र राखिने उल्लेख छ । मस्यौदालाई दुई दलका शीर्ष नेता सम्मिलित एकता संयोजन सउमितिले अन्तिम रुप दिएपछि दिएपछि घोषणापत्रका रुपमा सार्वजनिक गरिनेछ । -राजधानी दैनिकबाट

प्रकाशित मिति: २९ आश्विन २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्