८ मन्त्रीले लिए सपथ,सरकार प्रति निर्वाचन आयोग लचक


 


काठमाण्डौ, असोज २८
शनिबार निर्वाचन आयोगले सरकार विस्तार गर्नु आचार संहिता विपरित नहुने बताए संगै उपप्रधानमन्त्री कमल थापासहित आठ मन्त्रीले सपथ लिएका छन् । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहितका आयुक्तले सरकार बिस्तार गर्न आचार संहिताले नरोक्ने बताएपछि राष्ट्रपति विद्यादेवि भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शनिबार बेलुकी पद तथा गोपनियताको सपथ गराउनु भएको छ । राप्रपा अध्यक्ष कमल थापाले उपप्रधानमन्त्रीको रुपमा राष्ट्रपतिसँग सपथ लिनुभएको छ ।

त्यसैगरी मन्त्रीहरु जयन्तबहादुर चन्द, दिलनाथ गिरी र विक्रमबहादुर थापाले पनि विना विभागीय मन्त्रीका रुपमा सपथ लिनुभएको छ । त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाबाट उपप्रधानन्त्री, तीन मन्त्री र चार राज्यमन्त्री नियुक्त गर्नुभएको छ जसअन्तर्गत भास्कर भद्रा, कुन्ती शाही, सुशील श्रेष्ठ र कान्ता भट्टराईले राज्यमन्त्रीका रुपमा प्रधानमन्त्री देउवासँग सपथ लिनुभएको थियो ।

शनिबार ८ मन्त्रीले सपथ गरेसँगै देउवा नेतृत्वको सरकार ६४ सदस्यीय भएको छ । २०५२ सालमा ५१ सदस्यीय मन्त्रीपरिषद र त्यसपछि देउवाले यो पटक नेपालको इतिहासमै ठूलो ६४ सदसस्यीय मन्त्री परिषद बनाउनुभएको हो ।

प्रकाशित मिति: २८ आश्विन २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्