नवनियुक्त मन्त्रीको सपथ आज साझ ७ बजे


 


काठमाडौं, २८ असोज

नवनियुक्त मन्त्रीहरुको सपथ अाज साझ ७ बजे हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार आफ्नो मन्त्रीमण्डलमा कमल थापालाई उपप्रधामन्त्रीसहित राप्रपाबाट ४ मन्त्री र ४ राज्यमन्त्री थप गरेका थिए ।

राष्ट्रपति विद्यदेवी भण्डारीले शनिबार निर्वाचन आयोगसँग परामर्श गरेर नवनियुक्त मन्त्रीलाई सपथको समय ताेकेकाे राष्ट्रपति कार्यालयले जनाएको छ ।

नेताहरु जयन्त चन्द, दिलनाथ गिरी, विक्रम थापा विनाविभागीय मन्त्री नियुक्त भएका छन् । यस्तै कुन्ती साही, भास्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराई राज्यमन्त्री नियुक्त भएका छन् । सबैको मन्त्रालय तोकिएको छैन ।

प्रकाशित मिति: २८ आश्विन २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्