नेपाली सेनाको प्रवक्तामा सहायक रथी दाहाल


 


काठमाडौँ, असोज २८
नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी नैनराज दाहालले पाएका छन् । पूर्वी पृतनामा चिफ अफ स्टाफ रहनुभएका सहायक रथी दाहाललाई नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी दिएको हो ।

हालका प्रवक्ता झंकरबहादुर कडायतले सहायक रथी दाहाललाई केही दिनपछि प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गर्नेछन् । सहायक रथी कडायतको सुदूरपश्चिम पृतनामा सरुवा भएको छ ।

प्रकाशित मिति: २८ आश्विन २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्