सवारी दुर्घटनामा परी २८ जना घाइते


 


नवलपरासी, असोज २८
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयीत्रिवेणी गाउँपालिकामा आज बिहान सवारी दुर्घटना हुँदा २८ जना घाइते भएका छन् ।

काठमाडौँबाट नेपालगञ्जका लागि हिँडेको ना५ख ३९६४ नंको बस नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–२ घिउखोला विश्वकर्माबाबा मन्दिर नजिक आफै अनियन्त्रित भएर सडकबाट ३० फिट तल खस्दा सो दुर्घटना भएको थियो ।

इलाका प्रहरी कार्यालय दुम्कीवासका अनुसार घाइते सबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइतेको भरतपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: २८ आश्विन २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्