देउवाले फेरि गरे मन्त्रिपरिषद विस्तार, को–को भए मन्त्री ?


 


काठमाडौँ, असोज २७
प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि मन्त्रिपरिषद विस्तार गरेका छन् । देउवाले कमल थापाको राप्रपालाई सरकारका ल्याएर मन्त्रिपरिषद विस्तार गरेका हुन् । देउवाले थापालाई उपप्रधान मन्त्री सहित मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले कमल थापाको नेतृत्वमा जयन्त चन्द, दिलनाथ गिरी र विक्रमबहादुर थापालाई सिफारिश गरेको छ ।

पार्टीले राज्यमन्त्रीमा कुन्तीकुमारी शाही, सुशीलकुमार श्रेष्ठ, भाष्कर भद्रा र कान्ता भट्टराईलाई सिफारिश गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिए । मन्त्रीहरुका सपथ भने भोलि हुनेछ ।

प्रकाशित मिति: २७ आश्विन २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्