काँग्रेससँगको पार्टी एकीकरणबारे गच्छदारले मुख खोले, आखिर के भने ?


 


विराटनगर, असोज २६
उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले नेपाल लोकतान्त्रिक फोरम र नेपाली काँग्रेसबीच निर्वाचन अगाडि पार्टी एकीकरकण हुन सक्ने बताएका छन् ।

विराटनगर विमानस्थलम बिहिबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै गच्छदारले यस सम्बन्धमा दुवै पार्टीका नेताहरुबीच छलफल भई सहमतिपश्चात बृहत लोकतान्त्रिक गठबन्धन निर्माण हुने र यसमा अन्य साना दलसमेत सहभागी हुने बताए ।

उपप्रधानमन्त्री गच्छदारले वर्तमान सरकार तोकिएको समयमै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गराउने सम्बन्धमा सबैलाई ढुक्क हुन आग्रह गरे ।

राप्रपालाई सरकारमा सहभागी गराउने गरी सहमति भएअनुसार नै प्रधानमन्त्रीले आफ्नो अधिकारको प्रयोग गरी सरकारमा लैजान लागेको उनको भनाइ थियो ।

प्रकाशित मिति: २७ आश्विन २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्