एमाले मोरङले क–कसलाई उम्मेदवार सिफारिस गर्याे ? (सूचिसहित)


 


मोरङ, असोज २७
नेकपा एमाले मोरङले आगामी मंसिर १० र २१ हुने प्रतिनिधिसभा र प्रदेश सभाका लागि जिल्लाबाट आँंकाक्षी उम्मेद्वारको नाम सिफारिस गरेको छ । एमाले मोरङका अध्यक्ष बिनोद ढकालका अनुसार एमालेबाट मोरङ क्षेत्र नम्बर २ मा मात्र सर्वसम्मत चयन भएको छ ।

हालका सांसद् एवम् एमाले जिल्ला सचिव ऋषिकेश पोख्रेल सर्वसम्मत उम्मेद्वार चयन हुनु भएको छ । एमाले प्रचार विभागका अनुसार सबैभन्दा बढी मोरङको ३ नम्बर क्षेत्रमा उम्मेदवारका आंकाक्षी देखिएका छन् ।

३ नम्वर क्षेत्रबाट प्रतिनिधिसभामा सात जनाको नाम सिफारिस गरिएको छ । जसमा प्रमुख सचेतक भानुभक्त ढकाल, केन्द्रिय सल्लाहकार सदस्य गुरु बराल, घनेन्द्र बस्नेत, हालका सांसद् चण्डीप्रसाद राई, सांसद् चन्द्रबहादुर गुरुङ, तेजमान सम्बाहाम्फे र मधु गुरुङको नाम प्रस्ताव गरिएको छ ।

यो क्षेत्र चुनाव जित्नका लागि एमालेका लागि निकै सहज क्षेत्र हो । त्यसैगरी मोरङको क्षेत्र १ बाट डा. शिवमाया तुम्बाहाम्फे र घनश्याम खतिवडाको नाम सिफारिस गरिएको छ ।

क्षेत्र ४ मा महेश रेग्मी र जगत थापाको नाम प्रतिनिधिसभाका लागि प्रस्ताव गरिएको छ । क्षेत्र ५ मा बालेश्वर कामत र मीनादेवी यादवको नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर ६ लालबाबु पण्डित, यशोदा अधिकारी र रामलाल साहको नाम सिफारिस भएको एमाले मोरङले जानकारी दिइएको छ ।

एमालेले प्रदेशसभा अन्तर्गत क्षेत्र १ (क) मा तोयानाथ खतिवडा, बलबहादुर घिसिङ, मानबहादुर श्रेष्ठ र मीना पौडेलको नाम सिफारिस गरेको छ । त्यसैगरी (ख) मा डिल्ली शर्मा अधिकारी, उपेन्द्र घिमिरे, खगेन्द्र भण्डारी, टेकबहादुर खड्का, खड्ग बस्नेत, तहसेर राई र दुर्गादेवी भण्डारीको नाम सिफारिस गरिएको एमाले मोरङले जनाएको छ ।

यसैगरी क्षेत्र २ अन्तर्गत (क) मा डीबी कार्की, चन्द्रवीर राई, मेघराज कट्टेल, गंगादेवी डाँगी, विश्वनाथ राय, भाष्कर खनाल, चन्द्र पराजुली र द्रोण पौडेलको नाम सिफारिस गरिएको छ । क्षेत्र नं २ (ख) मा लीलाबल्लभ अधिकारी, योगेन्द्र बस्नेत, इर्जालाल राजवंशी, भेषनाथ रिजाल, नैनकला ओझा, पुरुषोत्तम सुवेदी र गोपाल थापाको नाम प्रदेश कमिटीमा पठाइएको एमालेले जनाएको छ ।

प्रदेश सभामा क्षेत्र नम्बर ३ (क) अन्तर्गत डीपी राई, मातृकाप्रसाद ढकाल, रोशननाथ उप्रेती, भुपाल बस्नेत, राजकुमार ओझा, राजकुमार बस्नेत र बासुदेव थापाको नाम सिफारिस गरिएको छ भने (ख) मा रामकुमार बस्नेत, मानप्रसाद लिम्बु, युवराज बास्कोटा, मोहन न्यौपाने, युवराज भट्टराई, टीकाप्रसाद गौतम, भोला अधिकारी, पीपी थापा मगर, रविन थापा र सरस्वती चौधरीको नाम सिफारिस गरिएको एमालेले जनाएको छ ।

क्षेत्र नम्बर ४ (क) अन्तर्गत कुमार आचार्य, नन्दराज गिरी, जितनारायण सरदार, मुकेश बुढाथोकी, गुणावती धामी, मिलन राई, नरेन्द्र बस्नेत र मोहनलाल सरदारको नाम सिफारिस भएको छ भने (ख) मा जीवन घिमिरे, कमल भट्ट, केशव गौतम, बाबुराम कार्की, सावित्रा रेग्मीको नाम सिफारिस गरिएको एमाले प्रचार विभागले जानकारी दियो ।

क्षेत्र नम्बर ५ को (क) मा वसिम आलम र श्यामप्रसाद मण्डलको नाम सिफारिस गरिएको छ भने (ख) नम्बरमा धर्मानन्द सञ्जेलको नाम सिफारिस गरिएको छ ।

त्यस्तै क्षेत्र नम्बर ६ (क) प्रदेश सभा अन्तर्गत सांसद तारा राई, सत्यनारायण चौधरी, पीतकुमार श्रेष्ठ, अजम्बर राई, एकराज भट्टराई, लक्ष्मी फुयाँल, रोहित कोइराला र सागर थापाको नाम सिफारिस गरिएको छ ।

प्रदेशसभामा मोरङको ६ नम्बर प्रदेश अन्तरगत (ख) नम्बरमा चूडामणि आचार्य, पर्शुराम बस्नेत, गिरेन्द्र कार्की, मणि दाहाल, रविन नगरकोटी, रमेश पोखरेल, राधेश्याम कट्टेल, हिमा मैनाली, सागर थापा र सरस्वती खरेलको नाम सिफारिस गरिएको एमालेले जनाएको छ ।

प्रकाशित मिति: २७ आश्विन २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्